सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेलको आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।

समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन् । उनले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।

सार्वजनिक चट्ट राम्रो गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पुर्वेली र पश्चेमेली मिसाएर गीतलाई लयबद्ध गरिएको छ ।

यस गीतको भिडियोमा अहिलेका चर्चित गायक तथा मोडेल चक्र बम र चर्चित मोडेल कुसुम शर्माको केमेस्ट्रीलाई देख्न सकिन्छ ।

यस भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । सार्वजनिक गीतले अहिलेको सुस्ताएको नेपालको म्युजिक बजारलार्ई यस गीत र भिडियोले केही हदसम्म उजागर गर्ने आशा गरिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com