सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘राजमहल’ बन्ने भएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्म बनाउने औपचारिक घोषणा गरेको हो। रमेश उप्रेती, आँचल शर्मा, सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारीको मुख्य भूमिका रहने छ।  मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पवि पनि यसै फिल्मबाट नेपाली सिने नगरीमा डेब्यु गर्दैछन।

सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन । करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्म माघ पहिलो साता देखि अष्ट्रेलिया बाट छायांकन सुरु हुदैछ। फिल्मको ३० प्रतिशत छायांकन विदेश र  ७० प्रतिशत छायांकन नेपालमा गरिने जानकारी निर्माण टिमले दिएको छ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com