सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङले आइतबार निर्माण टिमसँग लिखित सहमति गरेका छन।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । फिल्मको शीर्ष भूमिकामा दयाहाङसँगै विल्सनविक्रम पनि देखिनेछन् । फिल्ममा अभिनेता बुद्धि तामाङ पनि फाइनल भएका छन् । अभिनेत्री र अन्य कलाकारबारे टुंगो लाग्न बाँकी छ ।

कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन तथा निर्देशन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।

विल्सनका अनुसार फिल्म कमेडी र प्रेमकथा जनराको हुनेछ । फिल्मको निर्माता सरिना लामा र डिबी राई हुन् भने कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् । २०८१ सालको साउन वा भदौमा छायांकन तयारी रहेको यो फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् । फिल्मको छायांकन झापा, इलाम, पाँचथर र ताप्लेजुङमा हुनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com