सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि महिनामा छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘बलिदान’का निर्माता पवन विष्टको आवाज र अभिनयमा म्युजिक भिडियो निर्माण भएको छ । आज यो गीत भिडियोसहित ओएसआर डिजिटलले सार्वजनिक गरेको छ ।

पवन विष्टको अनुपम रचना, शब्द र स्वर रहेको यस गीतमा निर्माता विष्टलाई रोजीका पोखरेलले अभिनयमा साथ दिएकी छन् । अभिनयको केमेस्ट्रीले कथा बोल्छ, गीतको भाव देखाउँछ ।

संगीतका लागि चर्चित तथा पुराना संगीतकार राजु सिंहले एरेन्जर सञ्जीव बराइलीसँग सहकार्य गरेर मिठो गीत ध्वनि बनेको छ । मन कृष्ण महर्जनको छायांकन र कृष्ण भण्डारीको सम्पादन र कलर ग्रेडिङले भिजुअल रूप मनमोहक लाग्छ । गीतको भिडियो मात्रै होइन गीतमा बुनिएका शव्दहरु पनि मिठा लाग्छन् ।

मिक्सिङ र मास्टरिङमा नरेश बीबीसीको प्राविधिक विशेषज्ञतादेखि रेकर्डिस्टको रूपमा साबिर कार्कीको लोभलाग्दो काम समग्र भिडियो हेर्न लायक बनेको महशुस गर्न सकिन्छ ।

प्रेम पुरी गीतका सहायक निर्माता हुन् । सन्तोष सेनको निर्देशन तथा कथामा निर्माण भएको गीतको भिडियोमा सहायक निर्देशक निरजन शाही ठकुरी हुन् ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com