सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर फिल्मको प्रचार गरे । सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका नायक सौगात मल्लले दर्शकलाई आफ्ना फिल्मका हिट संवादहरु सुनाएका थिए ।

यस्तै, कलाकार कमलमणी नेपालले पनि दर्शकलाई पेट मिचिमिची हसाँएका थिए । सौगातलाई देख्दा दर्शकहरुमा उत्साह देखिएको थियो । दर्शकहरुले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ हेर्नका लागि आफूहरु उत्साहित भएको बताएका थिए ।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली भन्छन्–‘दर्शकहरुमा फिल्मप्रति उत्साहि निकै रहेको पायौं । यसले, हामीलाई निकै खुशी बनाएको छ । हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पुर्वसम्म पुग्नेछौं ।’ नायक सौगात मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा खुशी लागेको बताएका छन् । महोत्सवमा पुग्दा दर्शकले फिल्म र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको सौगातको भनाई थियो ।

आज फिल्मकी नायिका उपासना सिंह ठकुरी र कलाकार बुद्दि तामाङ दाङ पुगेका छन् । उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् । फिल्मको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।

फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com