सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि पुस २७ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘पर्खि बसें तिमीलाई’को शिर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक रोमान्टिक गीतलाई गायक प्रमोद खरेल र गायिका अनु चौधरीले आवाज दिएका छन। गीतमा फिल्मका मुख्य पात्रहरु किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई फिचर्ड गरिएको छ। डा. कृष्ण हरि बरालको शब्द रहेको गीतमा महेश खड्काको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ भने गीतलाई पुरुषोत्तम प्रधानले खिचेका छन।

निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको फिल्म रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण भएको हो। फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

प्रेमकथामा आधारित फिल्ममा किरण र रक्षाका साथमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्मको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com