सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फागुन २५ गते महाशिवरात्रीको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई देख्न सकिन्छ। एक पोस्टरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ ।

अर्जुन सुबेदीको निर्देशनमा बनेको फिल्मको टिजर यहि साता रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ। जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्मलाई संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माण गरेका हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता रहेका छन। विवेक खड्का (योलो) एशोसियट निर्माता रहेको फिल्मलाई  सुशन प्रजापति खिचेका हुन्। फिल्मलाई निर्देशक स्वयमले लेखेका हुन्।

फिल्ममा दयाहाङ राई, अर्पण थापा र मिरुना मगरका साथै प्रविण खतिवडा, रमेश बुढाथोकीको पनि मुख्य अभिनय रहेको छ। फिल्मको गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com