सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ । नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन् । नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाइ छ । उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौर्न्दर्य, डम्फू संस्कृति र परिवेशलाई चित्रण गरिएको छ । नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समुहको विश्वास छ ।
अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com