सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित भएका छन् ।

फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ । फिल्ममा यसअघि नै मुख्य कलाकारको रुपमा पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ । केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले पनि केही कलाकारको छनोट भइरहेको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्माको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com