सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट ४ सेकेन्डको ट्रेलरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । ट्रेलरमा दया र उपासनाको प्रेम, सौगातको राजा र बेनिषा र बेनिषाको महारानी अवतारलाई देखाइएको छ । त्यस बाहेक ट्रेलरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमालसँगै  वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।

माघको २६ गतेबाट रिलिज हुने फिल्मले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।

रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्मलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो फिल्मलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com