सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतिदेवी’ले जितेको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा भएको महोत्सवमा सोमबार लक्ष्मण सुवेदी निर्देशीत `सतीदेवी´ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो । `सतिदेवी´ ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार जितेको छ । यसैगरी, यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि जित्न सफल भए ।

समारोहमा निर्देशक सुवेदीलाई स्व. निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले सो अवार्ड प्रदान गरेका थिए ।

त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट बृत्तचित्र अवार्ड डा.सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ । बृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कार समेत प्राप्त गरेको छ ।

त्यस्तै सर्वोत्कृष्ट लघु चलचिको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तो सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा शाहले जीते ।

सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’बाट संकल भुजेलले प्राप्त गरेका छन भने यसै चलचित्रबाट सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाई र मुकुन भुसालले प्राप्त गरेका छन । यस्तै ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गर्यो ।

महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी चलचित्र र चलचित्रकर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरूङले सम्मान र नागद पुरस्कार हस्तन्तरण गरिन । महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए । सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारी र चलचित्रक निर्देशक समाजका निवर्तमान अध्यक्ष एवं चलिचित्र निर्देशक रक्षा सिंह राणा रहेकी थिइन ।

कार्यक्रमको उद्घाटनमा वरिष्ठ चलचित्रकर्मीहरू निर शाह, शिव श्रेष्ठ, प्रकाश सायमी, रविन्द्र खड्का, गायिका ऋतु कडेँल, गायक हिमाल सागर लगायत उपस्थित रहेका थिए । महोत्सवको सञ्चालन चर्चित प्रस्तोता शान्ति पाख्रिनले गरेकी थिइन । महोत्सवमा प्रकाश, सतिदेवी, बिच्छेद, महानगर, वेलकम टु हेमजाकोट, भाग्य, चारदाम, लिलामे माइला, म अलप हुन चाहन्छु, वाइल्ड फायर, भुसको लोग्ने, खाग, गाली मन्त्र, आइ लभयू मम, हमर पहिचान, ग्रेट फादर, किरयापुत्री, वनकरिया र हिन्दी भाषाको चलचित्र घटना, लगायत प्रदर्शन गरिएको थियो ।

सो अवसरमा क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले हरेक वर्ष सौराहामा महोत्सव गर्ने प्रतिवद्धता जनाए । उनले सरकारले दुइ बिगाह जग्गा उपलब्ध गराइदिए चलचित्र संग्राहलय, बृद्ध चलचित्रकर्मीका लागि आश्रम र इन्डोर सुटिङका लागि अत्याधुनिक स्टुडियो निर्माण गर्ने घोषणा गरे । सो अवसरमा मन्तव्य राख्दै प्रदेशसभा सदस्य गुरूङले आफूले कानुनी रूपमा गर्नुपर्ने सहयोगका लागि सदनमा समेत आवाज उठाउने र स्थानीय सरकारसँग पनि समन्वय गर्ने प्रतवद्धता जनाइन ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com