सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भ्यालेनटाईन्स विकको अवसर पारेर फिल्म ‘महाजत्रा’को टिमले २ वटा नया पोस्टर सर्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका दुई जोडीलाई फिचर्ड गरिएको छ।  पहिलो पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतले देख्न सकिन्छ। भने दोश्रो पोस्टरमा अभिनेता दिव्य देव र अभिनेत्री गौमाया गुरुङलाई  जोडीको रूपमा प्रस्तुत गरिएको छ ।

प्रदिप भट्टराई निर्देशित फिल्ममा पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य रहेको फिल्ममा आशिष् अविरलको संगीत रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्ममा विपिन, वर्षा, दिव्य र गौमायाको अलवा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्म चैत्र ९ गतेबाट प्रदर्शन हुदैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com