सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फस्ट लुक पोस्टर र टिजर रिलिज देखिनै चर्चामा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत सार्वजनिक गरिएको छ। भ्यालेन्टाइन वीकको अवसर पारेर निर्माण टिमले ‘मायामा तिम्रै मायामा’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ । एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् ।

गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायतका फिचर्ड छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।
फिल्ममा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।

फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com