सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फागुन २५ लाई रिलिज डेट फिक्स गरेको फिल्म ‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ रिलिज गरिएको छ। फस्ट लुक र पोस्टर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले अब भने प्रचारलाई तीव्र बनाउँदै फिल्ममा समावेश उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर ‘दुल्हा दुल्हन’को रुपमा देखिएका छन भने अभिनेता विजय बरालले गीतमा अभिनय गरेका छन। निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत रहेको छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्ममा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माताका रुपमा देखिएका छन। फिल्मका निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो फिल्म नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल फिल्मको डिजिटल वितरक हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com