सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।  सरस्वती पूजा तथा प्रेम दिवशको मौका पारेर निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मकि एक पात्र पिपलको रुख अगाडी उभिएको देख्न सकिन्छ। उनले कपाल फिजाएर रातो साडी लगाएकी छिन।

फिल्मको पोस्टर अभिनेत्री केकी अधिकारीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत स्ट्याटस साझा गर्दै भनेकी छिन हाम्रो चलचित्र बोक्सी को घर को पहिलो आधिकारिक पोस्टर यहाँहरु समक्ष पस्केका छौँ। उनले उक्त पोस्टमा कविताका केहि शब्दहरुपनि लेखेकी छन।

उनको स्ट्याटस यस्तो छ ‘खुल्नेछन्, एक-एक गर्दै रहस्यका पोकाहरु…झुठ, न पहिले लुकाएर लुक्यो, न अब नै लुक्नेछ। हट्नेछन् भ्रमका तुँवालोहरु, हुनेछ जित, अवश्य… सत्यको ! सरस्वती पूजाको पावन अवसरमा हाम्रो चलचित्र बोक्सी को घर को पहिलो आधिकारिक पोस्टर यहाँहरु समक्ष पस्केका छौँ। सिनेमाघरहरुमा बैशाख १४ मा भेटौँला।’

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com