सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ नयाँ पोस्टर सार्वजनिक गरिएको छ। भ्यालेनटाईन डेको अवसर पारेर निर्माण टिमले उक्त पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा रोमान्टिक बनेका छन। यी दुई रुम्जाटार विमानस्थलको रनवेमा प्रेमिल बनेको देख्न सकिन्छ। पोस्टर सार्वजनिकसँगै निर्माण टिमले फिल्मको टिजर फागुन ७ गते रिलिज गर्ने जानकारी दिएको छ।

केहि बर्ष अगाडी मन्चन भएको नाटक  ‘डिग्री माइला : एमए थर्ड क्लास’लाई निर्देशक रामबाबु गुरुङले फिल्ममा उतारेका हुन्। फिल्मको कथाले  थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोल्नेछ।

दयाहाङ र आँचलका साथै फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । फिल्म आगामी नयाँ बर्षको अवसरमा प्रदर्शन हुनेछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com