सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भारतको कालिम्पोङ नेपाली फिल्म ‘दान्भी’को छायांकन धमाधम भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्मको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । निर्माणपक्षले यो फिल्मको एक्सनले भरिएको टिजर सार्वजनिक गरिसकेको छ ।

फिल्मको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी दिएको छ ।
फिल्मको छायांकनमा मुख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । एक सातादेखि कालिम्पोङमा रहेकी नायिका शर्माले भनिन्–‘हामीले फिल्मको मुख्य अंशको छायांकन गरिरहेका छौं । अझै, एक साता छायांकन सेड्यूल छ ।’

फिल्मको टिजर सार्वजनिक भएपनि प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्मको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्ममा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।

यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन् ।
श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ । फिल्मका मुख्य सहाय निर्देशक नवराज शर्मा हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com