सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपालि चलचित्र ‘उपहार – The journey of Life ’को ट्रेलर OSR digital बाट शुक्रबार सार्वजनिक भएको छ ।

हाल महानगरपालिकाले सर्वसाधारणको घर भत्काउन थालेपछिको परस्थितिलाई चलचित्रको ट्रेलरमा चित्रण गरिएको छ ।

ट्रेलरमा रेखा थापा चिया बेच्ने महिलाको भूमिकामा देखिएकी छिन भने मुकुन भुषाल ट्याक्सी चालक भएर काम गरेका छन् । पुजा शर्मा विदेश जान मन गर्ने चन्चले युवतीको भूमिका मा देखिएकी छिन भने बेनिषा हमाल वकिलको भूमिका मा देखिएकी छिन् । अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की,तेज गिरी, समर्पणजंग कार्की साथै अन्य फिचर्ड ट्रेलर हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको हेर्न सकिन्छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ ।

अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएका तीन गीत ‘वाह ! वाह !! वाह !!!’, ‘मुटुको चार आना’ र ‘हारेको छैन’ ले राम्रै चर्चा पाइरहेको छ ।

 

 

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com