सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राईलाई केन्द्रमा रखिएको छ । दयासंगै फिल्मको टिजरमा आँचल शर्मा, माओत्से गुरुङ, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारलाई पनि स्थान दिइएको छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ र राइली एस सिनको छायांकन रहेको छ । फिल्म नयाँ बर्षको अवसरमा प्रदर्शनको तयारीमा रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com