सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: समसामाहिक विषयमा खुलेर आफ्ना कुरा राख्न अभिनेत्री करिष्मा मानन्धर कहिल्यै हिचकिचाउदिनन। भर्खरै मात्र उनले आफ्नो सामाजिक संजाल फेसबुकमा नेपाली चलचित्र संस्थानको जग्गा कहाँ गयो भनेर प्रश्न सोधेकी छिन् । उनले सस्थांनको २७ रोपनी जग्गाको खोजी गर्नुपर्ने भन्दै सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। यदि उक्त जग्गाको छानविन नभएको खण्डमा उनले अदालतको ढोका सम्म जाने चेतावनी पनि दिएकी छिन।

उनले फेसबुकमा लेखेकी छिन – ‘शाही नेपाल फिल्म विकास बोर्ड । गरेको रहेछ त । आजको दिन पनि त्यो भवन उत्कृष्ट छ । किन लिजमा दिएको ? फेरि अरूलाई किन लिजमा दिएको ? तुरुन्तै राज्यले चासो राखेर कारवाही गरोस् । बाबु साहेब, बसन्तीको रिल छ । अदालत जान नपरोस् ।’

त्यसो त उक्त बिषयमा धेरै पटक आवाज पनि उठिसकेका छन। पूर्व संचार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पनि उक्त २७ रोपनी जग्गाको विषयमा आवाज उठाएका थिए । उनले, जग्गालाई व्यक्तिगत बनाउनेलाई पानी मुनी गएपनि नछाड्ने चेतावनी दिएका थिए । तर अहिले सम्म पनि उक्त समस्याको समाधान भने भएको छैन।

उक्त जग्गा वि. सं. २०४८ सालमा सरकारले चलचित्र विकास कम्पनीलाई लिजमा दिएको थियो तर अहिले ६.७५ रोपनी मात्र रहेको छ। भने २० रोपनी ब्यक्तिको नाममा दर्ता भैसकेको छ।

करिष्माले आफ्नो स्ट्याटसको माध्यमबाट उक्त जग्गाको खोजी गर्न सरकारलाई अनुरोध गरेकी हुन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com