सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री मनिषा कोइरालाको उपस्थितिमा अष्ट्रेलियामा हुन गइरहेको ‘लेट्स प्ले होली’मा अभिनेत्री कोइरलाको नाम जोडेर भ्रामक समाचार सम्प्रेषण गर्ने, अनाधिकृत मानिसहरुलाई लान लागिएको जस्ता भ्रामक तथ्यहीन समाचार लेख्ने र सामाजिक सञ्जालमा कपोकल्पित कुरा लेखी अभिनेत्री कोइरालाको व्यक्तिगत र पेशागत जीवनमा आँच आउने काम नगर्न लाहुरी टिभीले आग्रह गराएको छ । आइतबार विज्ञप्ती जारि गर्दै कार्यक्रमका आयोजकले उक्त कुराको जानकारी दिएका हुन। अष्ट्रेलियामा मानहानीको कठोर कानूनी उपचारमा जान अभिनेत्री कोइरालाको कार्यक्रम आयोजक संस्था लाहुरी टिभी (सिड्नी) बाध्य हुने कुरा अवगत गराएको छ ।

यस्तो छ प्रेस विज्ञप्ती
भारतीय चलचित्र उद्योगकी एक प्रभावशाली अभिनेत्री हुनुहुन्छ- मनिषा कोइराला । ९० को दशकबाट करीब १५ बर्ष बलिउडको शीर्ष स्थानमा राज गरेकी यी ‘मनिषा’ नेपालकी चेली हुन्, जस हामी गर्व गर्दछौं । नेपालको राजनितिज्ञ मध्येका एक शीर्षपुरुष विश्वेश्वर प्रसाद कोइरालाको घरानाजस्तो एक शिक्षित र सुसंस्कृत परिवारमा जन्मिएकी यिनको माग र चर्चा यथावत नै छ । नेपालमा पछिल्लो समयमा यिनको सांस्कृतिक र वैचारिक गतिविधिले त ‘मनिषा कोइराला’ अझ सम्मानित र युवाहरुवीच चर्चित नाम बन्न गएको छ । यस्ता स्व-नामधन्य बलिउड स्टार मनिषा कोइरालाको नाम जोडेर वा अष्ट्रेलियामा उनी उपस्थित हुने कार्यक्रम ‘लेट्स प्ले होली’ को नाम जोडेर गलत समाचार फैलाउने, अनाधिकृत मानिसहरुलाई लान लागिएको जस्ता भ्रामक तथ्यहीन समाचार लेख्ने र सामाजिक सञ्जालमा कपोकल्पित कुरा लेखी उहाँको व्यक्तिगत र पेशागत जीवनमा आँच आउने काम कदाचित नगर्नु हुन अस्ट्रेलियामा रहेका वा अन्य पत्रकारहरुलाई कडाइका साथ सचेत गराइन्छ । सो भएमा अष्ट्रेलियामा Defamation को कठोर Legal Action मा जान उहाँको कार्यक्रम आयोजक संस्था Lahuri TV ( Sydney) बाध्य हुने कुरा अवगत गराइन्छ । सो कार्क्रममा भाग लिन नेपालबाट मात्र तीन जना (कलाकार मनिषा कोइराला, उदघोषक दिनेश डिसी र निर्देशक सम्झना उप्रेती रौनियार) लाई निम्तो गरिएको प्रष्ट पार्दछौं । गलत र कपोकल्पित समाचार लेख्ने कुत्सित मनसायको भत्सर्ना गर्दछौं र कुनै पनि प्रकारको प्रश्न सामनाको लागि आयोजक संस्था तयार रहेको कुरा जानकारी गराइन्छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com