सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरमेन्ट, काठमाडौँ : प्रदिप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। घोषणा देखि नै चर्चामा रहेको फिल्मका निर्माण टिमले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ३ मिनेट ४४ सेकेन्ड लामो फिल्मको ट्रेलरमा मुख्य पात्रहरु हरिवंश आचार्य, बिपिन कार्की, बर्षा राउत, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई देख्न सकिन्छ। कमेडीले भरिपुर्ण फिल्मको ट्रेलरमा पैसाको चलखेललाई निकै रोमान्चक ढंगले काटिएको छ। ट्रेलरमा फिल्मका पात्रले पैसा लुकाउन गरेको संघर्षलाई देख्न सकिन्छ।

आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको फिल्म षट्कोण आट्र्सको ब्यानरमा निर्मित तेश्रो भेन्चर हो।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

फिल्ममा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com