सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’ को सेन्सर पास भएको छ। फिल्मलाई चलचित्र जाँच पास समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । साथै  फिल्मका केही संवादमा म्यूट गर्न सेन्सर बोर्डले निर्देशन दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ बर्ष भन्दा कम उमेरका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ ।

केहि  दिन  अगाडी यो फिल्मको नाममा आपत्ति जनाउँदै चलचित्र सेन्सर बोर्डले सर्टिफिकेट दिन आनाकानी गरेको थियो । विशेषगरि, मोरङको ‘रङ्गेली नगरपालिका’को नाममा फिल्म बनेकाले गर्दा पनि नगरपालिकाबाट अनुमति पत्र लिएर आउन सेन्सर बोर्डले निर्मातालाई भनेको थियो ।

सेन्सरले नाममा आपत्ति जनाएको खबर सार्वजनिक भएसँगै यसको सर्वत्र विरोध भएको थियो । फिल्मीकर्मीहरुले सेन्सर बोर्डको चर्को विरोध गर्दै ‘आमरण अनसन’मा बस्ने चेतावनी समेत दिएका थिए । तर, आइतबार भने बोर्डले कुनै पत्र नमागी फिल्मलाई अनुमति दिएको छ ।

अर्जुन सुवेदीको निर्देशनमा तयार  भएको फिल्मम  दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा’ लगायतका कलाकारको अभिनय रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com