सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गीतकार अम्बिका गुरुङ्ग द्वारा शब्द रचना गरिएको मायाप्रेमको सद्भभाब रहेको गित ‘के भो के भो’ समिप इन्टरटेन्मेन्टबाट गत सोमबार सार्बजनिक गरिएको हो।

कला र संगीतमा लागेका र आफ्नो गीतलाई दर्सक र श्रोता माझ पुराउन असक्षम रहेका ,गायन र मोडलिङ्ग क्षेत्रमा लागेका ति युबा युबतीहरुलाई बाटो देखाउने काम गरिरहेको समिप इन्टरटेन्मेन्ट कि सन्चालक मिना बर्तौला बताउनुहुन्छ ,आगामी दिनमा पनि सधै कला र संगीतमा लागेर कलाकार बन्ने सपना देखेर यस क्षेत्रमा लागेका तमाम सर्जकहरुलाई साथ र सहयोग गर्ने बताउनु हुन्छ ।

मोडलिङ्ग क्षेत्रमा करियर बनाउदै गरेका नेपाली टिमका भलिबल खेलाडी बिबेक जङ्ग कार्की र आयुशा कार्कीको अभिनय रहेको यस गितमा संगीत रमेश श्रेस्ठ “मेलोडी ” को म्युजिक अनि सन्दिप कार्कीको एरेन्ज रहेको छ ।

बिशाल थापाको क्यामेरा ,नकुल खड्काको सम्पादन ,मेकअपमा स्वोस्तिका श्रेस्ठको रहेको भिडियोमा सहायक निर्देशन सुनिल बुडाथोकीको रहेको छ , भने ड्रोनमा अबिनाश मानन्धर रहेको गितको भिडियोलाई अहिलेका चर्चित निर्देशक दिलिप समनले निर्देसन गरेका हुन ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com