सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले उत्साह जनक व्यापार गरिरहेको छ । लामो समय देखि चलेको नेपाली फिल्म क्षेत्रको खडेरीलाई यति बेला उपहारले राहत दिएको छ।

रेखा थापा, पुजा शर्मा र बेनिशा हमाल मुख्य भूमिका रहेको फिल्म ‘उपहार’ले देशभरको हलहरूमा हाउसफुल व्यापार गरेको जनकारी प्राप्त भएको छ। राजधानीका सिभिल मल, अष्टनारायण, एफक्यूब, लबिम मलका हलहरु ‘हाउसफूल’ भएका छन् ।

५  बर्षको ग्यापपछि अभिनेत्री रेखा थापाको कम ब्याक तथा उनको क्रेज र पुजा शर्माको पपुलारिटीले दर्शक हल सम्म उर्लीरहेका छन अहिले। रिलिज पछि पनि फिल्मको प्रचारमा अभिनेत्रीहरुको दौडधुप अहिले निकै बढेको छ।
रेखाले अमेरिकाबाट उपहारको प्रचार गर्दैछिन भने निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेताद्वय मुकुन भुषाल, समर्पणजंग कार्कीलगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् ।

त्यसो त हलमा अभिनेत्री पुजा शर्मा भेट्नै भनेर भएपनि दर्शकहरु हलहलमा पुगेका छन। पूजा आउछिन र भेट हुन्छ भन्ने दर्शकलाई उनले निराश भने बनाएकी छैनन्। यस बाट नै थाहा हुन्छ कि पुजा शर्माको क्रेज नेपाली दर्शक माझ गज्जबको रहेको छ भनेर। पूजाले पुन: एकपटक साबित गरेकी छिन कि उनिसँग दर्शकलाई हल सम्म तान्ने क्षमता छ भनेर। हुनत पूजालाई आफुले अभिनय गरेको फिल्म चलाउन विभिन्न फण्डा गर्ने आरोपपनि लाग्ने गर्छ तर यस पटक भने उनले कुनै फण्डा बिना नै फिल्म चलाएर देखाएकी छिन।

रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com