सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन अवतारमा देखिने फिल्म ‘दान्भी’ र अनमोल केसी मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ नेपाली बक्स अफिसमा एक साथ भिड्ने भएका छन । बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेबाट यी दुवै फिल्मले रिलीज डेट तय गरेको छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्म दान्भीमा पूजासँगै कुन्साङ्ग बम्जनको पनि मुख्य भूमिका रहेको छ।
देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । पवन राना मगर फिल्मको कार्यकारी निर्माताको रुपमा छन्।

त्यसै गरि सुयोग गुरुङले निर्देशन गरेको फिल्म फर्की फर्कीमा अनमोलसँगै नव–कलाकारद्धय रवि काफ्ले र समृद्धि अर्यालको पनि मुख्य भूमिका रहेको छ।

त्यसो त पुजा र अनमोल बीच अहिले सम्बन्ध राम्रो रहेको छैन। उनीहरुको सम्बन्ध केही समय अगाडि एउटा फिल्ममा सँगै स्क्रीन शेयर गर्ने कुरा थियो तर पछि अनमोले फिल्म बाट हात झीके पछि यी दुई बीच दरार आएको हो ।
अब भने यी दुई सँगै भिड़न लागेको फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्ला चासोको विषय बनेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com