सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: धरान उपमहानगरपालिकाले आउँदो वर्षदेखि फिल्म क्षेत्रलाई  पनि बजेट छुटाउने  भएको छ । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख  हर्क साम्पाङले उक्त कुरा बताएका हुन  ।

‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु।’ साथै उनले नेपाली कला संस्कृतिको विकासमाआफू गम्भीर रहेको समेत बताएका छन् ।

अभिनेता हरिवंश आचार्यले नगरप्रमुख हर्क साम्पाङ को काम गर्ने शैलीको तारिफ गर्दै  आफू प्रशंसक रहेको बताए  साथै
अभिनेता रवीन्द्रसिंह बानियाँले सरकारसँग आफूहरुले हातेमालोको आशा राखेको बताए । फिल्म छायांकनका लागि लोकेसनको खोजीमा सहजीकरण गर्न उनले आग्रह समेत गरे । अभिनेता विपिन कार्कीले छायांकन स्थलको लागि कहिलेकाहीं लफडा पर्ने बताए ।

अभिनेता रवीन्द्र झाले छायांकन स्टुडियो जरुरी रहेको बताए । अभिनेत्री वर्षा राउतले लोकेसनको खोजीमा उपमहानगरले सहजीकरण गर्नुपर्ने बताइन् । महिला कलाकारलाई फिल्म छायांकनमा असहज हुने भएकाले स्थानीय सरकारले समन्वय गर्नुपर्ने बताइन् ।

‘महाजात्रा’ चैत ९ गतेदेखि प्रदर्शन तयारीमा छ । फिल्म टोली यतिबेला महाजात्रा प्रमोसनका लागि देश दौडाहामा छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com