सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आउँदो शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजत्रा’को सेन्सर पास भएको छ। सेन्सर बोर्डका अधिकारीहरुले फिल्मलाई हेरिसकेपछि युनिभर्सल प्रमाण पत्र थमाएको छ। प्रदिप भट्टराई निर्देशित फिल्मलाई अब सबै वर्गका दर्शकहरुले हेर्न सक्नेछन।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत,अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

फिल्ममा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

षट्कोण आट्र्सको ब्यानरमा निर्मित महाजात्रा उक्त ब्यानरको तेश्रो भेन्चर हो। यस अघि षट्कोण आट्सले जात्रा, जात्रैजात्रा जस्ता ब्लकबस्टर फिल्महरु दर्शक सामु पस्किसकेका छन।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com