सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’कोपहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जीन्दगी’ बोलको गीत ओएसआर डिजिटलबाट दर्शक माझ ल्याईएको हो। गीतमा फिल्मका मुख्य पात्रद्वय केकी अधिकारी र सुलक्षण भारतीलाई देख्न सकिन्छ भने स्वीरिती र नेहरिकाको आवाज सुन्न सकिन्छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा केकी अधिकारी र सुलक्षण भारतीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com