सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको छ।

फिल्ममा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ। पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि फिल्मको थिम बताउँछ।
अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने फिल्मकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन्। “नेपाली चलचित्र उद्योगमा एक प्रकारको जोस सहित फिल्मबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरूको वकालत गर्ने मेरो उद्देश्य छ,” पण्डितले बताइन्।

केही दिनमा फिल्मको ट्रेलर रिलिज गर्ने र केही लक्षित दर्शकहरूलाई विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन्। हल रिलिजको लागि पनि फिल्म तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन्।

फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण गरेको हो।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com