सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ ।

वुझिएअनुसार, फिल्ममा पूजाको इन्ट्री दृश्यको छायांकन हाल भइरहेको छ । निर्माणपक्षले यो दृश्यलाई भव्य बनाउनका लागि कुनैपनि कसर बाँकी राखेको छैन ।

फिल्मको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ । यो फिल्ममा नायिका पूजा शर्मा, नायक कुन्साङ बोमजोम र कलाकर किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । फिल्ममा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो फिल्म चर्चामा छ । यसैले, यो फिल्मलाई दर्शकले अपेक्षा गरे अनुसार निर्माण गर्ने कसरतमा निर्माणपक्ष लागिरहेको छ । यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com