सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घर ज्वाइँ’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा निर्माण टिमले दया र मिरुनालाई केन्द्रमा राखेका छन। एक पोस्टरमा दया डोको बोकेर मिरुनाको पछि पछि लागेका छन भने अर्को पोस्टरमा बन्दुक बोकेर एङ्ग्रि लूकमा आफुलाई देखेका छन।

असार २८ गतेबाट रिलिज हुने फिल्मको पोस्टर निकै आकर्षित बनेको छ।

पूर्वी रुकुममा छायांकन भएको फिल्म घर ज्वाइँलाइ अनिल बुढाले निर्देशन गरेका हुन् भने जनक घर्ति मगरले निर्माण गरेका हुन्। विनोद खतिवडा र सुभाष कोइरालाको कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई सुजन प्रजापतिले खिचेका हुन्।

एम मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दया र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, रामजी लामिछानेको कोरियोग्राफी, कृष्ण भण्डारीको सम्पादन छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com