सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि वैशाख १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। अभिनेत्री केकी अधिकारीलाई केन्द्रमा राखेर बनेको २ मिनेट ३० सेकेन्ड लामो फिल्मको ट्रेलर थिर्ल र सस्पेन्सले भरिपुर्ण छ।

केकी अधिकारी फिल्म्सको ब्यानर तथा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्मलाई केकीका बाबु बद्री अधिकारीले निर्माण गरेका हुन्। फिल्मका कार्यकारी निर्मातामा राज घिमिरे रहेका छन।

फिल्ममा केकी अधिकारीका साथै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ ।

फिल्मका टिमले यस अघि फिल्मको पोस्टर, टिजर र ‘बुझिन मैले’ बोलको गीत सार्वजनिक गरिसकेको छ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com