सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा फिल्ममा शीर्ष भूमिकामा रहेका रेयर राईलाई पैसा बोकेर बसिरहेका आफ्ना साथी महेश त्रिपाठीसँग मोटरसाइकलमा अत्यन्त खुशी भएको देखिन्छ ।

अर्को तिर पैसाले यी दुई पात्रलाई दिलाएको खुशी देख्न सकिन्छ भने अर्कोतर्फ खजुरेले यो खुशीमा आफूले मनपराएकी सुन्दरी युवती (नीति शाह)लाई याद गरिरहेको पनि देख्न सकिन्छ।
साथै यो पोस्टरमा अर्का कलाकार नविन मानन्धरलाई पनि स्थान दिइएको छ। फिल्मा  पनि उनी प्रमूख भूमिकामा रहेका छन्।

सुरज सुनुवारले निर्देशन गरेको फिल्ममा  रेयर, महेश, नीति, नविनका अलावा प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राई लगायत कलाकारको पनि अभिनय रहेको छ ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता रहेका  छन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन्।

शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र डि गुरूङको सम्पादन छ। ‘खजुरे ब्रो’लाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com