सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: घनश्याम लामीछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को पहिलो गीत सार्वजनिक भएको छ। मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्ममा समावेश ‘खुला आकाश’ बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव अभिनेता निश्चल खड्कालाई रोमान्टिक देख्न सकिन्छ। हर्कुलस बस्नेतको आवाज रहेको गीतमा गायक बस्नेतकै शब्द तथा सङ्गीत रहेको छ।

जेठ २५ गतेबाट रिलिज हुने फिल्म एबि इन्टरनेसनल फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्ममा अमित बस्नेतको लगानी रहेको छ। अरुण बस्नेत, अरियाना बस्नेत र परि राना निर्माताका रुपमा रहेको फिल्ममा सनिश खकुरेल, अजित कुमार थापा सह – निर्माताका रुपमा रहेको फिल्मका कार्यकारी निर्मातामा अंकित गौतम, सुरज कुँवर, विजय भण्डारी रहेका छन।

प्रदिप भारद्वाजको कथा, हर्कुलस बस्नेत, एस डि योगी, बियोंड र सलिन मगरको संगीत रहेको फिल्ममा  कुलदिप शर्मा सह निर्देशकको रुपमा रहेका छन।

प्रेमकथामा आधारित फिल्ममा साम्राज्ञी र निश्चलका अलावा कबिर खड्का, गरिमा शर्मा, रश्मिता थापा, मनिष गान्धी, मनिष श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com