सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक सञ्जयलीला भन्साली बहुप्रतिक्षित श्रृंखला लिएर ओटिटिमा डेब्यु गर्न तयार भएका छन। भर्खरै मात्र उनले नेटफ्लिक्समा रिलिज हुने ‘हीरामण्डी : द डायमण्ड बजार’को ट्रेलर सार्वजनिक गरेका छन। मनिषा कोइरालाको मुख्य भूमिका रहेको सिरिजको ट्रेलरमा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ ।

सन् १९४० को दशकमा ब्रिटिस राज विरुद्धको भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा लाहोरको हीरामण्डीको रेडलाइट एरियामा यौनकर्मी महिलाको जीवनलाई सिरिजले हाइलाइट गरेको छ । उच्च वर्गका दरबारको घरमा एकलौटी शासन गर्ने महिलाको जीवनमा एक्कासी उत्पन्न हुने तनाव र त्यसबाट बच्न उनले गरेको संघर्षको कथा हो ‘हीरामण्डी : द डायमण्ड बजार’ ।

सञ्जयलीला भन्साली र मिताक्षरा कुमारको संयुक्त निर्देशनमा बनेको सिरिजमा मनिषा कोइरालाका अलावा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, अध्यायन सुमन, शेखर सुमन, फरदीन खान, सञ्जीदा शेख र तह शाह बदुशाको मुख्य भूमिका रहेको छ।

यहि मे १ बाट रिलिज हुने सिरिज भारतका साथै नेपालमा पनि प्रतिक्षित बनिरहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com