सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’को बुकिङ्ग खुलेको छ। आजबाट खुला गरिएको फिल्मको अग्रिम बुकिङ्गको संख्याले अहिले निर्माण टिम दङ्ग देखिएको छ।

फिल्मले अहिले सम्म देशकै सबै भन्दा ठुलो हल चेन भएको क्यूएफएक्सले ६० शो दिइसकेको छ भने शोज बढ्ने क्रम जारी रहेको छ।  त्यसै क्यूएफएक्स बाहेक अन्य मल्टीप्लेक्सहरु जस्तै बीग मुभिजले १० शोज, एफक्यूबले ९ शोज, वान सिनेमाज् नयाँ बानेश्वरले पनि ९ शो, कालिमाटीमा रहेको वान सिनेमाज्ले ७ शोज उपलब्ध गराएको छ ।

देशभरका मल्टिप्लेक्सले यो फिल्मलाई १ सय ६० शोज उपलब्ध गराएका छन् । ‘डिग्री माइला’को उत्साहजनक बुकिङ्गले पनि बम्पर ओपनिङ्ग गर्ने अड्कल गर्न सकिन्छ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा दया र आँचलका साथै विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ ।

फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com