सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत देशभर दुई वटा फिल्म रिलिज भएका छन। आजबाट रामबाबु गुरुङ निर्देशित डिग्री माईला: एमए थर्ड क्ल्यास र फिडल देवकोटा निर्देशित द रेड सुटकेस।

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको डिग्री माइलाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । फिल्ममा दयाहाङ राई र आँचल शर्माका अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ । फिल्मलाई बासुरी फिल्म्सले निर्माण गरेको हो।

उता सौगात मल्ल, बिपिन कार्की, प्रविन खतिवडा र शृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म द रेड सुटकेस भने एक पिकअप ड्राभरको कथा हो जसले विदेशमा मृत्यु भएका व्यक्तिहरुको बाकस उनीहरुको आफन्त सम्म पुर्याउने जिम्मा पाएको हुन्छ। हरर मिष्ट्री फिल्मले अन्तराष्ट्रिय अवार्डहरु जिती सकेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com