सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्मका निर्माण टिमले अबभने प्रचार स्वरुप फिल्मको टिजर सार्वजनिक गरेको हो।  १ मिनेट २५ सेकेन्ड लामो फिल्मको टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई फरक अवतारमा देख्न सकिन्छ भने अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक लुकमा देखाइएको छ।

सार्वजनिक टिजरमा आर्यन पुजारी, प्रदिप दमाहा बजाउँदै गरेको र पललाई भरुवा बन्दुक चलाउदै गरेको देख्न सकिन्छ। त्यस्तै अभिनेत्रीहरू बराइली र लिम्बुलाई गाउँले परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको अवसर पारेर विश्वव्यापी रिलिज हुने फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्मको कथा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित रहेको छ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com