सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘भाइरल गोर्खे’ बन्ने भएको छ। निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म सामाजिक संजालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा आधारित हुनेछ।  निर्माण टिमले मङ्गलबार फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। अभिनेता सौगात मल्लको क्यारेक्टर लुकमा देखिएको पोस्टरमा उनी दुई राँगामाथि चढेर क्यामेराका लागि पोज दिइरहेको देख्न सकिन्छ । फिल्म पूर्णतया कमेडी जनरामा बन्ने जानकारी निर्माण टिमको छ।

लमजुङ र गोर्खामा छायांकन गरिने फिल्ममा सौगातका अलावा बुद्धि तामाङ, सृष्टि श्रेष्ठ र लक्ष्मी गिरी लगायतको अभिनय रहनेछ।

वैशाख ६ गतेबाट फ्लोरमा जाने फिल्मलाई अमर महर्जनले खिच्ने छन। फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com