सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसरा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडालाई केन्द्रमा राखिएको छ। ट्रेलरमा मिरुना, मेनुका र प्रविणको नोकझोकलाई देख्न सकिन्छ भने दया भने हराएकी श्रीमतीको खोजी व्यस्त छन।  झट्ट हेर्दा एकल आमाको कथा आभाष हुने फिल्मलाई सफल फिल्म जारीको निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।

कबड्डी फिल्म्सको ब्यानर र बाँसुरी फिल्मसको सहकार्यमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक सुब्बाकै रहेको छ। फिल्ममा शैलेन्द्र कुमारको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकराउण्ड स्कोर, अष्ट महर्जनको द्वन्द रहेको छ भने फिल्मलाई किरण राईले सह निर्देशन गरेका छन। पर्शु अधिकारी, बिष्णु कुमार थेबे, बबिन गुरुङ सह- निर्माता रहेको फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्दैछ।

दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडाका अलावा फिल्ममा लोकमणि सापकोटा, बिद्या कार्की, लक्ष्मण बिक्रम बस्नेत, सरोज आर्यन, क्षितिज लिम्बु, बिशाल लिम्बु, बासु खनाल, सुनिल तामांग लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com