सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाल चलचित्र कलाकार संघले यो बर्ष ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । यसका लागि तयार तिव्र रुपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । सविनका अनुसार, यो बर्ष अझै सभ्य र भव्य रुपमा अवार्ड आयोजना गरिनेछ ।

कलाकार संघले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, कोभिड महामारीका कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन । तर, अब निरन्तर रुपमा ‘फान अवार्ड’ आयोजना हुुने संघले बताएको छ ।

कलाकार संघले वि.सं २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरुलाई यो बर्ष अवार्ड दिनेछ । दुई बर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गर्ने तयारी संघको छ । यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने तयारी समेत संघको छ ।

संघले यो बर्ष आयोजना हुने भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली फिल्म, फिल्मीकर्मी, कलाकारहरुको अथक प्रयासलाई उच्च मुल्यांकन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास पनि व्यक्त गरेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com