सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को शुभ मुर्हत गरिएको छ। फिल्मको शुभ मुर्हत जनकपुरको जानकी मन्दिरमा गरिएको हो। फिल्मका मुख्य कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे फिल्मको छायांकन आजबाट सुरु गरिएको हो। निर्देशक सुदर्शन थापा सहित अभिनेताद्वय पल शाह, प्रमोद अग्रहरी र अभिनेत्री पूजा शर्मा हिजो नै जनकपुर लागेका थिए।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

फिल्ममा पल शाह, पुजा शर्मा र प्रमोद अग्रहरीका अलावा प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com