सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ट्रेलर रिलिजसँगै ह्वात्तै चर्चाको शिखरमा रहेको फिल्म ‘फर्की फर्की’को ओभरसिज राइट्स धमाधम विक्री भइ रहेको छ। पोस्टर र टिजर रिलिज अघिदेखिनै चर्चामा रहेको फिल्मको ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको उच्च भइरहेको छ।

निर्माता रोहित अघिकारीले दिएको जानकारी अनुसार फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।

यस्तै, नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ ।

यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जनाएका छन।

फिल्मको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छैन, उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ । जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा यो फिल्म रिलिज हुनेछ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com