सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरिजको शुक्रबार राजधानीमा मुहुर्त गरिएको छ ।

प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ ।

सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन छ ।

प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् ।

उनले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दुर’ हिट टेलिसिरियलमा पर्दछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com