सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘मनसरा’को अहिले चर्चा निकै नै छ।  फिल्मको प्रमोसनमा ब्यस्त रहेका कलाकारहरुको टोलि अहिले प्रचारमा ब्यस्त रहेको छ। फिल्म प्रचारमा ‘मनसरा’ टिमले फरक फरक शैलीहरु पनि अपनाइरहेको छ अहिले।

निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्मले राष्ट्रव्यापी ‘कविता कन्सर्ट’ गरेको थियो। दर्शक र कविता प्रेमीहरुबाट न्यायो साथ पाएको फिल्मका टिम आफ्नो प्रचारका लागि क्रिकेट मैदानमा पनि उपस्थित भएको छ । शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा निर्माणपक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनायो।

दुई देशबीच भएको रोमाञ्चक भिडन्तमा नेपालले दुई बल बाँकी छँदै इण्डिजमाथि जित दर्ता गर्‍यो । यस क्रममा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे । झाले प्रहार गरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो ।

उनको यो सटका लागि ‘मनसरा’ले नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गर्‍यो । उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता-सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले प्रदान गरे ।

वैशाख २१ गते रिलिज फिल्ममा मिरुनाका अलावा दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि मुख्य भूमिका रहेको छ।

छायांकार शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेको फिल्ममा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माताका रुपमा रहेका छन।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन, सिजन दाहाल कार्यकारी निर्माता, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान फिल्मको डिजिटल पार्टनर हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com