सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

काठमाडौँ: जेठ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’को दोश्रो गीत सार्वजनिक भएको छ। टिजर र पहिलो गीत सार्वजनिक गरेर प्रचार सुरु गरेको निर्माण टिमले दोश्रो गीत रिलिज गर्दै प्रचारलाई तीव्र परेको हो।  सार्वजनिक ‘रिमै’ बोलको गीतमा फिल्मका मुख्य पात्रहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली एवं परिक्षा लिम्बुलाई फिचर्ड गरिएको छ।  गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।

दिनेश राउत निर्देशित फिल्मको कथा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षमा आधारित रहेको छ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com