सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारबाट रिलिज हुने फिल्म ‘मनसरा’को बुकिङ खुलेको छ। क्यूएफएक्सलगायत हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको छ ।

वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा ग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधबार साँझसम्म देशभरका सम्पुर्ण हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुनेछ । सुरुवाती अवस्था हेर्दा सिनेमाले मल्टिप्लेक्सदेखि सिंगल स्त्रिनसम्म उच्च शो पाउने देखिन्छ ।

ठूला मल्टिप्लेक्स चेनमा उच्च शो पाएको फिल्मले आक्रामक व्यापार गर्ने देखिएको छ । ट्रेलरले बनाएको हाइपले पनि फिल्म आम दर्शकमाझ प्रतिक्षित बनेको छ ।

पेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधानका, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको मुख्य भूमिका रहेको छ।

छायांकार शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेको फिल्ममा विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माताका रुपमा रहेका छन।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन, सिजन दाहाल कार्यकारी निर्माता, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान फिल्मको डिजिटल पार्टनर हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com