सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भर्खरै मात्र फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुवन्धित भएका गायक तथा अभिनेता प्रकाश सपुतले आफैले फिल्म निर्माण तथा निर्देशन गर्ने भएका छन। उनले यहि शुक्रबार फिल्मको टिजर रिलिज गर्दै फिल्मको स्टारकास्ट बारे जानकारी दिदैछन। स्रोतले दिएको जानकारी अनुसार फिल्ममा मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का रहने छिन्।

त्यसो त् प्रकाश र स्वस्तिमाले यस अघि  ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नु पर्छ’ बोलको म्युजिक भिडियोमा काम गरिसकेका छन।  यी दुई प्रोजेक्ट प्रकाशकै निर्देशनमा बनेको थियो। म्युजिक भिडियोमा दर्शकले रुचाएका यी जोडीले पहिलो पटक फिल्ममा सँगै काम गर्न लागेका हुन्।

फिल्ममा सपुतकै कथा रहनेछ। दशैँ पछि फ्लोरमा जाने फिल्ममा थिएटरका कलाकारहरुले पनि अभिनय रहनेछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com