सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बैशाख २१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको फिल्मले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो ।

शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । बिहीबार विराटनगर प्रिमियरमा पुगको फिल्मको टिमले विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गरेको छ । शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्की सकेको छ।

शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले फिल्म उत्कृष्ट बनेको भन्दै मनसरा टिमको प्रशंसा समेत गरेका थिए ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन फिल्ममा रहेकोछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com